२०८२ चैत ३० सोमवार , ०६:११:३२ बजे

Sajhamanch
'

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल

सोमवार, चैत ३०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफल भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज शल्यक्रिया गरेर ओलीको पित्तथैलीबाट २२ एमएमको ढुङ्गा निकालिएको छ । शल्यक्रियापछि उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ ।

गएको चैत १३ गते नयाँ सरकार गठन भएको भोलिपल्ट ओली नवयुवा आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ पर्नुभएको थियो । त्यही दिनदेखि नै उहाँ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ गतेभित्र टुङ्ग्याउन आदेश दिएपछि प्रहरीले दुवै जनालाई परिवारको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएकोले ओली अस्पतालमै हुनुहुन्थ्यो ।

सम्बन्धित खबर