२०८२ चैत ३० सोमवार , ०१:४२:५६ बजे

Sajhamanch
'

ज्वालामुखी देशकै पहिलो स्वच्छ गाउँपालिका घोषणा

सोमवार, चैत ३०, २०८२

काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकालाई देशको पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ ।

नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हक र सरसफाइसम्बन्धी रणनीतिक योजनाहरू कार्यान्वयन गर्दै ज्वालामुखी गाउँपालिकाले सफा तथा स्वच्छ पालिकाका रूपमा घोषणा गरेको हो ।

ज्वालामुखी गाउँपालिका–४ ढोलामा हिजो भएको विशेष कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ज्वालामुखी देशको पहिलो सफा तथा स्वच्छ गाउँपालिका बनेको घोषणा गर्नुभयो ।

सरसफाइ र स्वच्छतासम्बन्धी समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याई सफा तथा स्वच्छ गाउँ अभियानलाई पूर्ण सार्थकता दिन सफल भएकोमा सभामुख अर्यालले प्रशंसा गर्नुभयो ।

त्यहाँका हरेक घरधुरीमा सरसफाइ सुविधा, सुरक्षित खानेपानीको पहुँच र व्यक्तिगत स्वच्छता अभ्यासको पूर्णपालना गराई सफा तथा स्वच्छ पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।

ज्वालामुखी गाउँपालिकामा ६ हजार ७९ घरधुरी छन् । त्यसमध्ये ५ हजार ४३३ घरधुरी आवासको रूपमा प्रयोग भइरहेका छन् । सबै घरधुरीमा सुरक्षित र शुद्ध पानी, शौचालय, चुलोलगायत स्वच्छताका आधारको प्रयोग भइरहेको अध्यक्ष दनैले बताउनुभयो ।

सम्बन्धित खबर