२०८२ चैत ३० सोमवार , १०:४५:४४ बजे

Sajhamanch
'

तीन प्रदेशको एक–दुई स्थानमा वर्षारहिमपातको सम्भावना

सोमवार, चैत ३०, २०८२

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हाल कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार, सोमबार ९चैत ३०० दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ ।

राति, देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाड र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

सम्बन्धित खबर

आजको मौसम
शुक्रवार, चैत २७, २०८२
आजको मौसम
बिहिवार, चैत २६, २०८२