२०८२ चैत २९ आइतवार , ०५:५०:३५ बजे

Sajhamanch
'

इँटाभट्टाको पर्खाल भत्किँदा च्यापिएर मजदुरको मृत्यु

आइतवार, चैत २९, २०८२

दाङ । तुलसीपुरको एक इँटाभट्टामा काम गर्ने भारतीय मजदुरको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–१६ स्थित सेवा इँटाभट्टामा आज पर्खाल भत्किँदा च्यापिएर एक भारतीय नागरिकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

ज्यान गुमाउनेमा भारतको बहराइच जिल्लाका ३० वर्षीय तिर्थराम पासवान रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पर्खाल भत्किँदा ३६ वर्षीय देवराज पासवान घाइते भएका छन्।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि शवगृहमा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।