२०८२ चैत २९ आइतवार , ०५:०७:३५ बजे

Sajhamanch
'

कमला नदीमा डुबेर एक युवकको मृत्यु

आइतवार, चैत २९, २०८२

जनकपुरधाम । धनुषा र सिरहाबीचमा बग्ने कमला नदीमा पौडीखेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महम्मद आयन कमड रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

शनिबार पिकनिक गएका उनी गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले उनलाई आज बिहान करिब १० बजे फेला पारेको हो ।