२०८२ चैत २६ बिहिवार , ०६:५३:५५ बजे

Sajhamanch
'

ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर अनलाइन जुवा खेलाउने ३ भारतीयसहित ९ जना पक्राउ

बिहिवार, चैत २६, २०८२

काठमाडौं । ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर अनलाइन जुवा खेलाउने ३ भारतीयसहित ९ जना पक्राउ परेका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२३ हात्तीवनमा रहेको सिटी इस्केप अपार्टमेन्टबाट उनीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक चेत यादव, आशिष शर्मा, रौनक सिंह तथा नवलपरासी पूर्वका सुजन दुवाडी, तनहुँका निरोज राना, कास्कीका आशिष रेग्मी, दाङका हार्दिक पोखरेल, लमजुङका सुरेश पराजुली र डोटीका योगेन्द्र कुँवर रहेका छन् ।

उनीहरूले ३१ करोड २४ लाख ३४ हजार ९२० रुपैयाँ कारोबार गरेको भेटिएको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सम्बन्धित खबर