२०८२ चैत २६ बिहिवार , ०१:४३:५४ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई हरायो

बिहिवार, चैत २६, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटान्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

गएराति अरुण जेट्ली रंगशालामा गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो । जितसँगै गुजरातले प्रतियोगितामा खाता खोलेको छ । दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ ।

गुजरातका राशिद खानले तीन विकेट लिए । प्रसिद्ध कृष्णाले दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए । दिल्लीका केएल राहुलले सर्वाधिक ९२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २१० रन बनाएको थियो । गुजरातका कप्तान शुभमन गिलले ७० रनको अर्धशतकीय इनिङ खेले । दिल्लीका मुकेश कुमारले दुई विकेट लिए भने लुगिं एनगिडी र कुलदीप यादवले समान एक विकेट लिए ।

दिल्लीले प्रतियोगिताको पहिलो हार व्यहोरेको छ । दिल्लीले तीन खेल खेल्दा दुई जित र एक हारसिहित चार अंक जोडेको छ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे ईडन गार्डनमा हुनेछ ।

सम्बन्धित खबर