२०८२ चैत २६ बिहिवार , १२:०४:५१ बजे

Sajhamanch
'

आजको मौसम

बिहिवार, चैत २६, २०८२

काठमाडौं । देशका केही स्थानमा आज (चैत २६) वर्षा र हिमपातको सम्भावना छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार, दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले बताएको छ ।राति, कोसी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ ।

सम्बन्धित खबर