२०८२ चैत २५ बुधवार , ०६:२५:३७ बजे

Sajhamanch
'

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

बुधवार, चैत २५, २०८२

धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताउनु भयो ।

उहाँका अनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । घाइते झडप गर्ने दुवै पक्षका भएको उहाँले बताउनु भयो ।

घाइते भएकाहरूमा लागुऔषध र चोरी मुद्दाका रहेको एसपी खत्रीले बताउनु भयो । उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।

सम्बन्धित खबर