
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लीला भण्डारी एमालेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नु भएको छ।
चैत २४ गतेबाट उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेको भन्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराउनु भएको हो।
निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने पद भएकाले आफूले पार्टीको जिम्मेवारी त्यागेको विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ।



