२०८२ चैत २४ मङ्गलवार , ०६:१२:३४ बजे

Sajhamanch
'

योजना आयोगको उपाध्यक्षमा भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश लिनुभएको थियो ।

यस्तै बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो ।

सम्बन्धित खबर