२०८२ चैत २४ मङ्गलवार , ११:०१:०९ बजे

Sajhamanch
'

यी भूभागमा छ आज वर्षारहिमपातको सम्भावना

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, आज (चैत २४) दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोसी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

राति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुूपश्चिम प्रदेशलगायत वाग्मती र कोसी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरू तथा वाग्मती र कोसी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर