२०८२ चैत २३ सोमवार , ०२:२९:५१ बजे

Sajhamanch
'

समयमा काम पूरा नगर्ने आठवटा निर्माण कम्पनी कालोसूचीमा

सोमवार, चैत २३, २०८२

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले निकालेको सूचनामा विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखी पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उल्लेख छ ।

कालोसूचीमा पर्ने कम्पनीहरुमा श्री लोक निर्माण सेवा तथा सप्लायर्स रोल्पा, सिल्क मार्केट प्रालि काठमाण्डौ, ब्रोदर्श कन्ष्ट्रक्सन महोत्तरी, देवु निर्माण सेवा गोरखा, अर्भान कन्स्ट्रक्सन चितवन रहेका छन् । त्यसैगरी सूर्य दीप छापाखाना काठमाण्डौ, धुलिखेल निर्माणसेवा काठमाण्डौ र हिमशिखा कन्स्ट्रक्सन प्रा।लि रुपन्देही पनि कालोसूचीमा परेका छन् ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । एक वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर