२०८२ चैत २० शुक्रवार , ०१:३२:२१ बजे

Sajhamanch
'

मुग्लिङ–मलेखु सडक खण्ड थप तीन दिन रातको समयमा बन्द हुने

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । मुग्लिङ–मलेखु सडक खण्ड थप तीन दिन रातको समयमा बन्द हुने भएको छ ।

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउनको गएको तीन दिनदेखि रातको समयमा सडक पूर्णरुपमा बन्द हुँदै आएको छ ।

यसअघि हिजोसम्म बन्द हुने भनिएकोमा थप तीन दिन बन्द गर्ने निर्णय भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् ।

यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र बनाइने सडक योजनाले जनाएको छ ।