
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५ रनले हराएको हो ।
हैदरावादले दिएको २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा १६१ रनमा अलआउट भयो । कोलकाताका अंगकृष रघुवंशीले ५२ रन बनाए । हैदरावादका जयदेव उनाडकटले ३ विकेट लिए ।
त्यसअघि कोलकातामा टस हारेर ब्याटिङ गरेको हैदरावादले ८ विकेट गुमाएर २२६ रन बनायो । हैदरावादका हेनरिक क्लासेनले ५२, अभिषेक शर्माले ४८ र ट्राभिस हेडले ४६ रन बनाए ।
कोलकाताका ब्लेसिङ मुजाराबानीले ४ विकेट लिए । हैदरावादको यो पहिलो जीत हो भने कोलकाता लगातार दोश्रो खेलमा पराजित भएको छ । आईपीएलमा आज चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्स खेल्दैछन् ।
यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ ।


