२०८२ चैत १९ बिहिवार , ०७:३६:५१ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्याे, काराेबार रकम घट्याे

बिहिवार, चैत १९, २०८२

काठमडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ५ दशमलव ८२ अङ्कले बढेर २ हजार ७८२ दशमलव १८ विन्दुमा पुगेको छ ।

आज बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको सूचक बढेकोमा व्यापार समूहको सूचक साढे २ प्रतिशतले उकालो लागेको छ । आज ९८ वटा कम्पनीको शेयर बढेकोमा १५८ वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १२ अर्ब १० करोडको कारोबार भएकोमा आज ३२८ वटा कम्पनीका २ करोड १३ लाख कित्ता शेयर ८ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर