
काठमाडौं । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले आज काठमाडौंको गैरीधारा क्षेत्रबाट भट्टलाई पक्राउ परेको प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।


