२०८२ चैत १२ बिहिवार , ११:११:११ बजे

Sajhamanch
'

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढ्यो

बिहिवार, चैत १२, २०८२

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५र१५ रुपैयाँ भाउ बढेको हो ।भाउ बढेपछि अब पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ, पोखरा र दिपायल निर्धारण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि बढाउनु परेको निगमले जनाएको छ ।

सम्बन्धित खबर