
काठमाडौं । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचोकको कच्ची सडकमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र काँडीस्याउलेकै १९ वर्षीय कैलाश विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।
खतेडाबाट काँडीस्याउलेका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको जीप गएराति दुर्घटना भएको हो । दुर्घटनापछि दुवै जना साइलीखोलामा मृत अवस्थामा भेटिएको डोटी प्रहरीले जनाएको छ ।


