२०८२ चैत १० मङ्गलवार , ०१:३९:२१ बजे

Sajhamanch
'

साफ यु–२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुआत

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । नेपालले साफ २० वर्षमूनीको च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ । माल्दिभ्सको मालेमा हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले हरायो ।

भुटानसँगको खेलमा नेपालका लागि सुजन डंगोल र सुवास बमले गोल गरे । भुटानका लागि ढेन्डुप गेल्टशेनले एक गोल फर्काए । खेलको १४औं मिनेटमा थिन्ले एजर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडीमा सीमित भयो । जितसँगै नेपालले प्रतियोगितामा ३ अंक जोडेको छ ।

नेपाल समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंकासँग रहेको छ भने अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश छन् । राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले अब आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।

सम्बन्धित खबर