२०८२ चैत ९ सोमवार , ०३:०१:०७ बजे

Sajhamanch
'

सुनको भाउ ६ हजार ५०० रुपैयाँले घट्यो

सोमवार, चैत ९, २०८२

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ ६ हजार ५०० ले घटेर तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ लगातार पाँच कारोबार दिन घटेको हो । मङ्गलवार तोलाको ३ लाख ९ हजार ९०० रहेको सुनको भाउ बुधवार २ हजार २०० रुपैयाँले घटेको थियो । यस्तै सुनको भाउ बिहीवार ५ हजार ४००, शुक्रवार ७ हजार ८०० र हिजो आइतवार १२ हजार ५०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि लगातार पाँच कारोबार दिनयता घटेको हो ।

सम्बन्धित खबर