२०८२ चैत ६ शुक्रवार , ०५:४५:३८ बजे

Sajhamanch
'

म सिनियर हुँ, संसदीय दलको नेतामा स्वाभाविक दाबी रहन्छ : अर्जुननरसिंह केसी

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताउनु भएको छ ।

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै दलको नेतामा स्वाभाविक रुपमा आफ्नो दाबेदारी रहने बताउनु भएको हो ।

‘संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ,’ केसीले सञ्चारकर्मीसँग भन्नुभयो, ‘संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ ।’

तर, संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने आफ्नो चाहना रहेको जिकिर गर्नुभयो ।

‘सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्ने छ,’ उहाँले भन्नुभयो ।

सम्बन्धित खबर