२०८२ चैत ६ शुक्रवार , ०३:५९:५० बजे

Sajhamanch
'

प्रधानमन्त्रीका सल्लाहकारद्वय खनाल र तिमिल्सिनाले दिए राजीनामा

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिनु भएको छ।

खनालले फागुन २९ गते र तिमिल्सिनाले चैत २ गते राजीनामा दिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो। उहाँहरूले किन राजीनामा दिनुभयो भन्ने खुलेको छैन।

फागुन २१ गते निर्वाचन सम्पन्न भएसँगै कार्कीको बिदाई हुने मिति नजिकिँदै छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमत प्राप्त गर्दै नयाँ सरकार गठनको तयारी गरेको छ।

चैत १२ गते नवनिर्वाचित सांसदहरूले शपथ लिने र चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुने तयारी भइरहेको छ।

सम्बन्धित खबर