२०८२ चैत ४ बुधवार , ११:५०:५४ बजे

Sajhamanch
'

‘शार्क ट्यांक नेपाल’ दोस्रो सिजनको आवेदन खुल्यो, ५० करोड लगानी जुटाउने लक्ष्य

बुधवार, चैत ४, २०८२

काठमाण्डौ । विश्व चर्चित बिजेनस रियालिटी शो ‘शार्क ट्यांक’ नेपालको दोस्रो सिजन सुरु हुने भएको छ । पहिलो सिजनको अपार सफलतापछि हिमालय टेलिभिजनले दोस्रो सिजनको तयारी तीव्र बनाएको छ ।

नयाँ सिजनमा आफ्नो बिजनेस आइडिया प्रस्तुत गर्न चाहने उद्यमीका लागि आवेदन खुला गरिएको छ । हिमालय टीभीको अफिसियल वेबसाइटमा रहेको फर्म भरेर इच्छुक उद्यमीले आवेदन दिन सक्नेछन् ।आवेदक नेपाली नागरिक हुनुपर्ने, नेपालमा ब्यबसाय दर्ता भएको र न्यूनतम एउटा ब्यालेन्स-सीट कर कार्यालयमा पेश गरेको हुनुपर्ने सर्त रहेको हिमालय टेलिभिजनले जनाएको छ ।

दुई साताभित्र आवेदन दिने उद्यमीहरूको स्क्रिनिङ प्रक्रिया पूरा भएपछि बैशाखमा सुटिङ गर्ने तालिका रहेको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए ।पहिलो सिजनमा झण्डै ८० जना उद्यमीको बिजनेस आइडिया प्रसारण भएका थिए जसबाट करिब ३५ करोड रुपैयाँ लगानी भएको थियो । यो सिजनमा करिव ५० करोड रुपैयाँ लगानी जुटाउने लक्ष्य राखिएको कार्यकारी निर्देशक कडेलले जानकारी दिए ।