
काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले बढेर तोलाको ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २६५ रुपैयाँ थियो ।


