२०८२ चैत १ आइतवार , ०४:४१:०६ बजे

Sajhamanch
'

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

आइतवार, चैत १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उहाँकै निवास पुग्नु भएको छ ।

केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्‌सँगै ओली निवास पुग्नु भएको हो ।

ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुग्नु भएको थियो ।

सम्बन्धित खबर