२०८२ फागुन ३० शनिवार , १०:५८:०३ बजे

Sajhamanch
'

शेयर सदस्य राईलाई सिम्रिकले दियो प्रसुती उपचार सुबिधा

शनिवार, फागुन ३०, २०८२

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना एकजना सेयर सदस्यलाई प्रसुती शल्यक्रिया उपचार सुबिधा प्रदान गरेको छ ।

संस्थाका कर्जा अशुली बिभाग प्रमुख विजय बस्नेत (प्रेम)ले आज मनमोहन सामुदायिक अस्पतालमा प्रसुती उपचार गराई रहेकी गोलधाप सेवा केन्द्र अन्तर्गतका शेयर सदस्य हिमाली राईलाई १४ हजार ८७५ रुपैयाको शल्यक्रिया उपचार सुबिधा प्रदान गरेका हुन् ।

संस्थाको सदस्य राहत कोषमा आबद्ध महिला शेयर सदस्यले  जीवनमा दुई पटक प्रसुती शल्यक्रिया उपचार सुबिधा पाउने व्यवस्था अनुसार हिमालीले शल्यक्रिया खर्च २९ हजार ५०० को आधा रकम बापत १४ हजार ८७५ रुपैयाको सुबिधा पाउनु भएको विभागीय प्रमुख बस्नेतले सुनाए ।

शल्यक्रिया पछि अस्पतालको ११५ नम्बर बेडमा रहेर उपचार गराई रहनु भएकी संस्थाको सदस्य राई र नवजात शिशुको स्वास्थ्य लाभको कामना गर्दै  विभागीय प्रमुख बस्नेतले संस्थाको तर्फबाट सुख वा दु:खमा सिम्रिक सकोस सदस्यको नजिकै रहने बताए ।

सम्बन्धित खबर