
काठमाडौं। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने बताइएको छ।
बैठकमा प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो। निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ।त्यस्तै बैठकमा सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्। वैठकमा पार्टीको पराजयसँगै नेतृत्व परिवर्तनका विषयमा भइरहेका बहसबारे पनि छलफल हुने नेताहरुले दाबी गरेका छन्।
बैठकमा पार्टीको आगामी रणनीतिलगायत समयसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ।


