२०८२ फागुन २७ बुधवार , ०५:३७:२० बजे

Sajhamanch
'

समानुपातिक मतगणना सम्पन्न, अब सिट बाँडफाँटको प्रक्रिया सुरु

बुधवार, फागुन २७, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भएको छ।

बुधबार बिहान गोरखा-१ र इलाम-१ क्षेत्रको मतगणना सकिएसँगै समानुपातिकतर्फका सबै मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार मतगणना सम्पन्न भए पनि विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम विवरण आयोगमा आउने क्रम भने अझै जारी छ।

मतगणना सकिएपछि अब राजनीतिक दलहरूले पाउने समानुपातिक सिट निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ। यो प्रक्रिया केही दिनभित्रै टुंगोमा पुग्ने बताइएको छ।

कुन दलले कति मत पाए भन्ने जानकारी निर्वाचन आयोगको आधिकारीक वेवसाइटमा क्लिक गरी लिन सकिनेछ।