
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड २ लाख २७ हजार ८७२ मतगणना भएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ४८ प्रतिशत अर्थात् ४९ लाख १५ हजार ३३० मत प्राप्त गरेको छ ।
यस्तै नेपाली कांग्रेसले १६ लाख ६४ हजार १८२, नेकपा (एमाले) ले १३ लाख ८२ हजार ९२५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ लाख ४७ हजार ३०२, श्रम संस्कृति पार्टीले ३ लाख ४५ हजार ९९८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २१ हजार ७७१ मत प्राप्त गरेको छ ।
यो परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् ।
प्रतिनिधिसभा चुनावमा झन्डै १ करोड १० लाख मत खसेको थियो ।


