२०८२ फागुन २६ मङ्गलवार , ०२:३४:५८ बजे

Sajhamanch
'

१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै १२५ सिट जितेको छ । यस्तै नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेका छन् । यस्तै १ स्वतन्त्र उमेदवार पनि चुनावमा विजयी भएका छन् ।

पछिल्लो पटक सङ्खुवासभाको मतपरिणाम सार्वजनिक हुँदा एमालेका अर्जुनकुमार कार्की विजयी हुनुभएको छ । यस्तै धनुषा क्षेत्र नम्बर १ मा आयोगले नेकपाका मातृकाप्रसाद यादवलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।

प्रतिनिधिसभा सदस्य चुनावका लागि गएको बिहीवार मतदान भएको थियो । यस्तै अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ ।

सम्बन्धित खबर