
काठमाडौं । समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणतर्फ पुग्न थालेको छ । अहिलेसम्म ९० लाख ११ हजार मत गनिसक्दा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ६५ हजार भन्दा धेरै मत पाएको छ ।
यो झण्डै ४८ प्रतिशत हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १४ लाख ५५ हजार, तेस्रोमा एमालेले १२ लाख २१ हजार, चौथोमा नेकपाले ६ लाख ४५ हजार र पौचौमा श्रम संस्कृती पार्टीले ३ लाख १० हजार मत पाएको छ ।
चार महिना अघि मात्रै गठन भएको श्रम संस्कृती पार्टीले प्रत्यक्षमा तीन सीट जितेको छ भने समानुपातिकमा पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने सम्भावनाको नजिक पुगेको छ ।
३ लाख १६ हजार हाराहारी मत पाएमा थ्रेसहोल्ड कट्ने सम्भावना रहेकोले धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्क साम्पाङले गठन गर्नुभएको श्रमसंस्कृती पार्टीले अब ६ हजार हाराहारी मत पाएमा राष्ट्रिय दल बन्नेछ ।


