
काठमाडौं । संखुवासभा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ।
सोमबार बिहानसम्म एमालेक अर्जुन कुमार कार्कीले १० हजार १७७ मत प्राप्त गर्नु भएको छ।
उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पाले पछ्याइरहनु भएको छ। मिङ्माले ९ हजार १९४ मत प्राप्त गर्नु भएको छ।
यहाँ एमाले र रास्वपा उम्मेदवारबीच मतान्तर ९८३ छ। कांग्रेसका दिपनकुमार श्रेष्ठले ७ हजार ६५९ मत ल्याउनु भएको छ।
संखुवासभामा सुरूवातदेखि नै एमाले र रास्वपाबीच प्रतिस्पर्धा देखिएको थियो। आइतबार बेलुकी एमालेका कार्कीले ६ हजार १४९ मत प्राप्त गर्दा रास्वपाका शेर्पाले ५ हजार ३८७ मत ल्याएका थिए।


