
विराटनगर । भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले १६ हजार ६६३ मत ल्याउनु भएको छ.।
यहाँ नेकपा (एमाले)का उम्मेदवार शेरधन राई पराजित हुनुभयो। शेरधनले १४ हजार ७५० मत ल्याउनु भएको थियो।
नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले ८ हजार ६७० मत ल्याउनु भएको थियो। रास्वपाका रमेशप्रसाद ओझाले ६ हजार १०२ मत ल्याउनु भएको थिया।
श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ।


