२०८२ फागुन २४ आइतवार , ०४:२२:३९ बजे

Sajhamanch
'

उदयपुर–१ मा रास्वपाका गेलाल विजयी

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

गेलालले श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले हराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राईले ११ हजार ६०६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१, नेपाली कांग्रेसका विदुर बस्नेतले ९ हजार ६७५ र नेकपा (एमाले) का दुर्गाकुमार थापाले ९ हजार २०६ प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबर