२०८२ फागुन २४ आइतवार , ०४:०५:४० बजे

Sajhamanch
'

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित हुनुभएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ मत बढी प्राप्त गर्नुभएको हो ।

निर्वाचन क्षेत्र नं. २ मा रास्वपाका सुशीलकुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार ८९० मत ल्याउनुभएको छ ।

निर्वाचन क्षेत्र नं. ३ मा रास्वपाका रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याउनुभयो ।

क्षेत्र नं. ४ मा रास्वपाका टेकबहादुर शाक्यले २८ हजार छ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत प्राप्त गर्नुभयो ।

सम्बन्धित खबर