
काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रवारभन्दा सुन आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार सुनको भाउ तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदी आज तोलामा ३० रुपैयाँले बढेर तोलाको ५ हजार ४७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


