
काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन मोरङ क्षेत्र नं. ३ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कार्की ३६ हजार ९२४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गर्नुभयो । श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले) का उम्मेदवार इरन राईले सात हजार ७५२ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा एक लाख ५८ हजार ५७ कुल मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।


