२०८२ फागुन २४ आइतवार , ०१:३०:५५ बजे

Sajhamanch
'

श्रम संस्कृति पार्टीका पहिलो सांसद बने खोटाङका आरेन राई

आइतवार, फागुन २४, २०८२

खोटाङ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ ।

खोटाङ १ बाट आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो । १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन् ।

देशभरमा अग्रणी स्थान बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरी भने ५ हजार ७०४ मतमा खुम्चिनु परेको छ ।

सम्बन्धित खबर