२०८२ फागुन १५ शुक्रवार , ११:१०:०७ बजे

Sajhamanch
'

फोनिक्स स्कूलको वार्षिकोत्सवमा विद्यार्थीद्वारा निर्मित सामग्री प्रदर्शनी

शुक्रवार, फागुन १५, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. ४ स्थित फोनिक्स इङ्गलिस स्कूलले आज वार्षिकोत्सव तथा अभिभावक दिवसमा आफ्नै विद्यार्थीद्वारा निर्मित सामग्रीहरुको प्रदर्शनी गरिएको छ ।

विद्यालयको प्राङ्गणमा भएको वार्षिकोत्सवमा विभिन्न संस्कार संस्कृति झल्किने गायन, नृत्यका साथै पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्युतीय सामग्री, हस्तकला, बाँसको चोयाबाट निर्मित डोको, ढाकर, मुढाको प्रदर्शनी गरियो ।

यस्तै, आर्टिटेक अन्तरगत सपिङ मल, पूल आदि सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।

कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सूर्यप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मन्तब्य राख्दै शाखा प्रमुख न्यौपानेले किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइमा धेरै फरक पार्ने बताउनु भयो ।

अध्ययन सँगसँगै विद्यार्थीले व्यवहारिक ज्ञान र सीप सिक्ने भएकाले उनीहरु ठूलो हुँदा आफ्नो संस्कार संस्कृतिका साथै लोप हुन लागेका सामग्रीका बारेमा जानकारी रहिरहने उहाँको भनाई थियो ।

विद्यालयको प्रगति विवरण सुनाउँदै संस्थापक प्रिन्सिपल बदिराम राईले आफ्ना विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र सिमित नराखी हरेक हप्ता उनीहरुको रुची अनुसार व्यवहारिक ज्ञान सिकाउने गरेको अवगत गराउनु भयो ।

विद्यार्थीले भविष्यमा आफ्नो संस्कार र संस्कृतिका बारेमा अरुसँग सोध्नु नपरोस् र आफूलाई आवश्यक पर्ने जीवनोपयोगी सामग्री आफैं निर्माण गर्नसक्ने सीप प्रदान गरिरहेको संस्थापक राईको भनाई थियो ।

शिक्षक भिमप्रसाद राईले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबर

झापा–५ मा ‘हाई अलर्ट’
शुक्रवार, फागुन १५, २०८२
‘एसियन हाइवे’को काम धमाधम
शुक्रवार, फागुन १५, २०८२