२०८२ फागुन १५ शुक्रवार , ०४:०१:४७ बजे

Sajhamanch
'

चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।

७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत खसाल्ने १४३ अस्थायी केन्द्रमा गरी २ लाख २१ हजारको सङ्ख्यामा कर्मचारी खटिने भएका हुन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले ५ सयभन्दा धेरै मतदाता भएका केन्द्रमा ९ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा ८ जनाको सङ्ख्यामा कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरू कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।

निर्वाचन सामग्री र मतपत्र देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको पनि आयोगले जनाएको छ ।

सम्बन्धित खबर