२०८२ फागुन १५ शुक्रवार , ०२:४९:२९ बजे

Sajhamanch
'

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको हो ।

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १५ हजार ४०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको ५ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ५ हजार ७२५ रुपैयाँ थियो ।

शुक्रवार, फागुन १५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर

बढेको सेयर बजारमा घट्यो कारोबार
बिहिवार, फागुन १४, २०८२
१० अंक बढ्यो सेयर बजार
बुधवार, फागुन १३, २०८२