२०८२ फागुन १५ शुक्रवार , ०१:२२:०० बजे

Sajhamanch
'

सबै निर्वाचन क्षेत्रमा चुनावको सामग्री पुग्यो

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ ।

प्रत्यक्ष र समानुपातिक गरी ४ करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै चुनावी क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ । स्वीकृत कार्यक्रम अनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम गएको फागुन ३ गतेदेखि चलिरहेको छ ।

मतदाता शिक्षा पर्सि फागुन १७ गतेसम्म ७५३ पालिकाको ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरुले सक्रिय रुपमा कार्यसम्पादन गर्दै आएका छन् ।

फागुन ४ गतेदेखि दलहरुले चुनावको प्रचारप्रसार तिव्र पारेका छन् । प्रचारप्रसारलाई शिष्ट र मर्यादित बनाउन आयोगबाट दल र उम्मेदवारहरुलाई निर्देशन भइसकेको छ ।

सम्बन्धित खबर