२०८२ चैत १६ सोमवार , ०४:२८:५८ बजे

Sajhamanch
'

आज मगर दिवस मनाइँदै

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । आज मगर एकता दिवस मगर समुदायले देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एव्म नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले हरेक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् ।

आज मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरिन्छ । दिवसको अवसरमा मगर समुदायको बसोबास धेरै रहेका पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा देशैभरका मगरहरु सहभागी भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरेको दिनलाई मगर समुदायले मगर एकता दिवसको रुपमा मनाउने गर्छन् ।

शुक्रवार, फागुन १५, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर