२०८२ फागुन १४ बिहिवार , ०२:०४:२४ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढ्यो

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेको छ ।

सुन तोलामा ६०० रुपैयाँले बढेर ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ७१५ रुपैयाँ थियो ।

बिहिवार, फागुन १४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर