२०८२ फागुन १४ बिहिवार , ११:४३:४१ बजे

Sajhamanch
'

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

बिहिवार, फागुन १४, २०८२

काठमाण्डौ।  गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा गएराति हल्का वर्षा भएको छ । आज पनि हिमाली र पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराईमा हुस्सु लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर