२०८२ फागुन १३ बुधवार , ०७:३०:५० बजे

Sajhamanch
'

नौविसे–नागढुंगा सडक खण्डको काम अन्तिम चरणमा : ८५ प्रतिशत सकियो

बुधवार, फागुन १३, २०८२

काठमाडौं । धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे–नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडकखण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो ।

त्यसअनुसार आयोजनाले धेरै काम सम्पन्न गरीसकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ ।

अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम शुरू गरिने आयोजनाले जनाएको छ । फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनाव र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।

आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको छ । आकाशे पुल निर्माणलगायत मुख्य कामहरु ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ । २०७९ सालदेखि निर्माण शुरू गरिएको आयोजना तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

सम्बन्धित खबर