२०८२ फागुन १३ बुधवार , ०४:१२:३६ बजे

Sajhamanch
'

चुनावलाई ध्यानमा राखेर खाना पकाउने ग्यासको आयात बढाएको निगमको दाबी

बुधवार, फागुन १३, २०८२

काठमाडौं । चुनावलाई ध्यानमा राखेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ ।

बजारमा ग्यासको अभाव हुन नदिन भारतीय आयल कर्पोरेसनबाट ग्यासको लोडिङ उच्च दरमा भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताउनुभयो । उहाँकाअनुसार हिजो यो वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास लोड भएको छ ।

हिजो एकै दिन १३८ बुलेट ग्यास लोड भएको निगमका कार्यकारी निर्देशक भट्टले जानकारी दिनुभयो । बजारमा अहिले पनि खाना पकाउने ग्यास सहज पाउन नसकेको उपभोक्ताको गुनासो छ । तर निगमले बाहिर आएजस्तो कुनै अभाव र समस्या नरहेको साथै चुनावको अवधिमा पनि ग्यासको आपूर्ति नियमित नै हुने दाबी गरेको छ ।

सम्बन्धित खबर