२०८२ फागुन १३ बुधवार , ०२:०७:२६ बजे

Sajhamanch
'

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

बुधवार, फागुन १३, २०८२

काठमाडौं । लगातार तीन दिन बढेको सुनको भाउ आज भने स्थिर छ ।

सुन आज हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार, सोमबार र हिजो मंगलबार सुनको भाउ बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १३० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७१५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ५ हजार ५८५ रुपैयाँ थियो । चाँदीको भाउ हिजो पनि तोलामा १७० रुपैयाँले बढेको थियो ।

बुधवार, फागुन १३, २०८२ | अर्थतन्त्र, समाज