२०८२ फागुन १२ मङ्गलवार , ११:४७:५४ बजे

Sajhamanch
'

संसदमा सुहाङको १६ महिना : सडक निर्माणदेखि चिया निर्यातसम्मका जिम्मेवार कदम

मङ्गलवार, फागुन १२, २०८२

इलाम । इलाम-२ को उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गरेका सुहाङ नेम्बाङले छोटो समयमै आफूलाई परम्परागत राजनीतिभन्दा फरक, जिम्मेवार र युवामैत्री नेताका रूपमा स्थापित गरेका छन् । उपनिर्वाचनताका धेरैका मनमा प्रश्न र शङ्का थिए, के युवा उम्मेदवारले संसद्को जिम्मेवारी बोक्न सक्छ ? के उनी केवल पारिवारिक विरासतका कारण अगाडि आएका हुन ? तर संसद् प्रवेश गरेपछि सुहाङ नेम्बाङका गतिविधि, अभिव्यक्ति र व्यवहारले ती शङ्काहरूलाई क्रमशः विश्वासमा रूपान्तरण गरिदिएको थियो ।

संसद्लाई नाराबाजीकोे थलोभन्दा नीति निर्माण र जनताको आवाज उठाउने मञ्चका रूपमा बुझ्ने सुहाङ इलामको आवाज संसदमा प्रस्तुत गर्न कहिल्यै पछि हटेनन् । एम्बोस्ड नम्बर प्लेटको विवाद, आन्दोलनका क्रममा भएको गोली प्रहार र अश्रुग्याँस प्रयोग प्रति उनले संसदमा स्पष्ट र जिम्मेवार आवाज उठाए ।

प्राकृतिक विपद्, समस्या वा सङ्कटका घडीमा उनले औपचारिकताभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिएका छन् । उनले इलामलाई संकटग्रस्त जिल्ला घोषण गर्नेदेखि बजेट विनियोजनका लागि समेत महत्वपूर्ण भूमिका खेलेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ मा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत प्राप्त गरी विजयी बन्दा नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा नेकपा माओवादीले नेपाली कङ्ग्रेसलाई सघाएको थियो भने काँग्रेस भित्र गुटको राजनीति चलेको थियो ।

सुवासचन्द्र नेम्वाङको निधनपछि उम्मेदवार बनेका सुहाङले २०८१ को उप–निर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी बन्दा काँग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए । उपनिर्वाचनमा माओवादीले नेकपा एमालेलाई सघाएको थियो भने कोशी नामाकरण आन्दोलन पक्षधरका मुढा चुनाव चिन्हबाट डकेन्द्र थेगिमले ११ हजार ४४५ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी काँग्रेस गठबन्धनमा हुँदो झिनो मतान्तरले सुवास नेम्बाङले चुनाव जितेका थिए भने उप निर्वाचनमा सुहाङले पाँच हजार ८३० मतले विजयी बनेका थिए । यस पटक माओवादी र समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नै उम्मेदवार बनाएको छ भने नयाँ मतका लागि राष्ट्रिय परिवर्तन पार्टीले दिवस राईलाई मैदानमा उतारेको छ ।

यसले कसको धेरैमत काट्छ भन्ने आङ्कलन छैन । अहिले श्रम संस्कृति पार्टीले पनि मत काट्दै छ तर उप निर्वाचनमा मुढामा गएको मत अहिले श्रम संस्कृति पार्टीमा थपघट हुने देखिन्छ । अन्य उम्मेदवारले पनि कति मत काट्ने हुन टुङ्गो छैन । जसको कारण निर्वाचन भने निकै प्रतिस्पर्धात्मक देखिएको छ ।

उप निर्वाचनमा अन्य १५ जना उम्मेदवारले दुई हजार २२० मत ल्याएका थिए । २०७९ को निर्वाचनमा एमालेले प्रत्यक्षमा ल्याएको ३० हजार २० मत र २०८१ को उप–निर्वाचनमा २७ हजार ७७२ मत हेर्दा माओवादी र एमाले गठबन्धन हुँदाभन्दा २०७९ मा एमाले एक्लै चुनाव लड्दा बढी मत आएको देखिन्छ । आसन्न निर्वाचनमा कुनै पनि दलहरूको औपचारिक गठबन्धनको घोषणा भएको छैन । यसैले कसको पल्ला भारी हुन्छ भन्ने आंकलन गर्न सकिँदैन ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको १६ महिनामा सुहाङ नेम्बाङले सङ्घीय संसद्को शून्य समयमा इलामका विषय सशक्त रूपमा उठाएका छन् । प्रतिनिधि सभामा पहिलो पटक भाषण गर्दै इलामबाट निर्वाचित सांसदले आफ्नो व्यक्तिगत यात्रा र भावनालाई उजागर गरेका थिए ।

उनले शहीद रत्नकुमार बान्तवा, बमप्रसाद बान्तवा लगायत परिवर्तन र रूपान्तरणका आन्दोलनमा योगदान दिने ज्ञात–अज्ञात सबै शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सांसदले विशेष गरी आफ्नो बुबा, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको योगदान सम्झँदै, “म यहाँ इलामेली जनताको कारण छु । उनले देखाएको मार्ग मेरो लागि प्रेरणा हो” भनेका थिए ।

त्यसबेला आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सांसदले सरकारको प्रयासको समर्थन गरे पनि कार्यान्वयनमा देखिएको ढिलाइ र गुणस्तरको कमीप्रति सुहाङले चिन्ता व्यक्त गरेका थिए । उनले विकासमा अवरोधको मुख्य कारण भ्रष्टाचार, संरचनागत कमजोरी वा राजनीतिक अस्थिरता हो कि भन्ने प्रश्न राखेका थिए ।

संसदमा बोल्दै नेम्बाङले कालोपत्रे र पूल निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सभामुख समक्ष माग गरे । उनले सडक निर्माणका लागि बजेट छुट्टाइए पनि काममा ढिलासुस्ती भइरहेको उल्लेख गर्दै ठेकेदार र जिम्मेवार निकायलाई कामप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । केचना–कञ्चन्जंघा, दमक–चिसापानी, नेपालटार–मङ्गलबारे, राँके–रबी–भेडेटार, राँके–गैंडेजस्ता सडक आयोजनालाई उदाहरण दिँदै कामको गति बढाउन आग्रह गरेका थिए ।

सम्बन्धित खबर